Section 37
निर्वाचनमा खर्च गर्न सक्ने
(१) निर्वाचनको काममा खटिएका कर्मचारीलाई प्रचलित कानून बमोजिम पाउने दैनिक भत्ता, भ्रमण भत्ता, अन्य भत्ता र सुविधा त्यस्तो कर्मचारी खटिएकै समयमा खर्च लेखी भुक्तानी दिन सकिनेछ ।
(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम प्राप्त गरेको रकमको बिल भरपाई सम्बन्धित कर्मचारीले बुझाउनु पर्ने छैन ।
(३) निर्वाचन सञ्चालनका लागि लाग्ने खर्च निर्वाचनमा खटिएका कर्मचारीलाई निजले खर्च गर्न पाउने गरी आयोगद्वारा निर्धारित दर बमोजिम खर्च लेखी दिइनेछ ।
(४) उपदफा (३) बमोजिमको रकममध्ये आयोगले तोकिदिएको रकमको हकमा निर्वाचनको काममा खटिएका कर्मचारीले निज खटिई गएको काम समाप्त गरी फर्किएपछि बिल भरपाई पेश गर्नु पर्ने छैन ।